थ्रेसरले हात काटियो परिवार कसरी पाल्ने चिन्ता लाग्छ : यादव

बर्दिया,बैशाख,२२-


बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा न २ खैरापुर बस्ने बालेराम यादवको गहुँ दल्लन गर्दा थ्रेसरले बायाँ हात काटिदा अहिले उनलाई अाफना परिवारलाई कसरी रासनपानी जुटाउने भनि चिन्तित बनेका छन् ।

अाफनो धन सम्पत्तिका नाममा १४ धुरमा खरले बनेको घरभन्दा अरु केही छैन् । अाफना दुई छोरा, तिन छोरी र श्रीमतीलाई अरुको घरमा खेती किसानी गरेर पाल्दै अाएका थिए । बैशाख १३ गते घर नजिकै रहेको अर्काको घरमा रहेको थ्रेसरमा अाफनो घरको थोरै गहुँ दल्लन गर्न गएको बेला स्थानीय अवधेश यादवको ट्रेक्टरबाट उक्त घटना घटेको यादवले बताए ।

म त अपांग भए अब मेरा सानासाना छोराछोरीलाई पालनपोषण कसरी गर्ने भनेर रातभरि निन्द्रा लाग्दैन यादवले भने ।
अहिले निज यादवको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको बेड नं २२० मा उपचार भई रहेको छ ।

उनलाई अस्पताल उपचारका लागि ल्याएका नाताले भतिजो पर्ने जवाहीर यादवले शुरुमा अौषधि उपचार पनि गर्न साहुले मानेनन् पछि जिल्ला प्रहरी कार्यालय बर्दियामा गएपछि हातको मात्र उपचार गर्ने , शरीरमा लागेको चोटको र बिरामीलाई खान, कुरुवालाई पनि दिन नसक्ने गरी प्रहरी प्रशासनले मिलाए भनि बिहानी अनलाइन संवाददातासंग गुनासो पोखेका थिए ।

नीज बिरामी बालेराम यादवका ५ छोराछोरी १२ वर्ष भन्दा कम उमेरका भएकाले अरुको घरमा मजदुरी गर्ने पनि कोही छैन् कसरी एकछाक खानाको जोहो गर्ने भनि हामी सम्पूर्ण परिवार चिन्तित छौं यादवले भने ।