ओखलढुंगे मोडल उमंग श्रेष्ठको नयाँ म्युजिक भिडियो बजारमा

काठमाण्डौं,मंसिर,२४-

मोडल उमगं श्रेष्ठको नयाँ म्युजिक भिडियो धोकाको पसल बजारमा आएको छ । ओखलढुंगामा जन्मिएका मोडल श्रेष्ठको छैटो म्युजिक भिडियो सोमबार सार्बजनिक भएको हो । चर्चित गायीका बिष्णु माझी र बिशाल सोनीको सुमधुर स्वर रहेको धोकाको पसलमा श्रेष्ठले अभिनय गरेका हुन् ।

(भिडीयो हेर्नको लागी दिएको लिंक क्लिक गर्नुहोस् )

सर्जक यमन प्रतिकको शव्द सिर्जना रहेको यस लोकभाकामा गणेश अधिकारीको लय सिर्जना रहेको छ । यस म्युजिक भिडियोमा श्रेष्ठ संगै चर्चित मोडल सारिका केशी, र तारा पुनको अभिनय रहेको छ ।

चर्चित निर्देशक कपिल लामाको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका छन् भने भिडियोको सम्पादन सुजन शाहिले गरेका छन् । योग्शना डिजिटल म्युजिक प्रा।लीले बजार व्यबस्थापन गरेको यस म्युजिक भिडियोलाई म्युजिक नेपालको युटुव च्यानल मार्फत सार्बजनिक गरिएको छ ।