कक्षा १२ र एसईईको परिक्षा बैशाखमा संगै हुने

काठमाडौँ,चैत,२३-आगामी बैशाखमा कक्षा १२ र एसईईको परिक्षा संगै गर्न सकिने  राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । चैत ६ गतेबाट हुने एसईई परिक्षा कोरोना भाईरसका कारण रोकिएको थियो ।

फाईल: तस्विर

बोर्डको निर्धारित समय तालिकाअनुसार नै आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुने बताएको छ। कक्षा ११ को परीक्षा भने बैशाख २१ गतेबाट हुनेछ ।

‘एसईई परीक्षा बिहान र कक्षा १२ को परीक्षा दिउँसो सञ्‍चालन गर्न सकिने बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताउनुभयो ।यसो गर्दा एउटै परीक्षा केन्द्रमा एकसाथ दुवै परीक्षा सम्पन्न हुनेछ। लकडाउन खुलेपछि तत्कालै परीक्षा प्रक्रिया अघि बढ्ने पनी पौडेलले जानकारी दिनुभयो ।

यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन्। देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन्। प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन्।

त्यसैगरी कक्षा १२ को सबै प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रले छापिसकेको अध्यक्ष पौडेलले बताउनुभयो । ‘सुरक्षण प्रेसमा सबै प्रश्नपत्र छापिइसकेका छन् र प्याक भइसक्यो,’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘लकडाउने खुलेलगत्तै सम्बन्धित परीक्षा केन्द्रमा प्रश्नपत्र पुर्‍याइने जानकारी दिनुभयो ।

कक्षा ११ र १२ का गरी ४ लाख ८० हजारभन्दा बढी परीक्षार्थी रहेका छन्। उक्त परिक्षाका निम्ती १ हजार १ सय परीक्षा केन्द्र तोकिएका छन्।कान्तीपुरबाट।