बगङलाचुली कप २०७५ आयोजना गरीने

रोशन घर्ति/
दाङ,माघ,९-
नयावर्षको २०७५ को उपलक्ष्यमा दाङको पहाडी गाउँपालिका बगङलाचुली ३ काभ्रेमा बङलाचुलि कप हुने भएको छ । काभे्रे युवा क्लबका अध्यक्ष तेज प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले बङगलाचुली कप आयोजन गर्ने बताएको छ ।

काभ्रे युवा क्लब र रोयल तपाली युवा कलबको संयुक्त रुप मा आयोजना र तेज बिक्रम किर्शी फम को प्रायोजनमा कार्यक्रम गरीने बताईएको छ ।

पहाडी युवाको खेल प्रतिको लगाबलाई अझ प्राथमिकताका साथ राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ क्रिकेट आयोजना गरीएको खेल आयोजना समितकिा संयोजक हिमाल महराले बताउनुभएको छ ।

कार्यक्रममा बङगाचुली गाँउपालिका रसाबिक सौडियार गाविसले मात्र सहभागिता जनाउन पाउने प्रचार प्रसार समितीका संयोजक धन बहादुर पुनले बताउनुभएको छ ।

नयावर्षको शुभकामना आदान प्रदान सहित सम्पन्न हुने उक्त कार्यक्रमको उद्घाटन चैत्र २५ गते हुने आर्थिक संयोजक यज्ञ बहादुर थापाले बताउनु भयको छ । काभ्रे युवा क्लबले यस भन्दा अगाडीका वर्षहरुमा पनि क्रिकेटको आयोजना गर्दै आएको छ ।