राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी फोरम नेपालले देउवा सरकारलाई समर्थन गर्ने

काठमाडौं, जेठ २१-

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली काँग्रेशका सभापती शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्दै मतदान गर्ने निर्णय गरेको छ ।

नयाँ बानेश्वरमा आज दिउँसो बसेको राप्रपा संसदीय दलको बैठकले देउवा सरकारलाई समर्थन जनाउने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री नपाएसम्म सरकारमा नजाने अडानमा रहेका राप्रपा अध्यक्ष कमल थापाले अन्ततः सरकारमा सहभागी हुने निर्णय गर्नु भएको हो ।

देउवा सरकारलाई समर्थन गर्नेबारे राप्रपामा कुनै विवाद नरहेको र सर्वसम्मत रुपमा देउवा सरकारलाई समर्थन जनाउने निश्कर्ष निकालिएको राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले लिखत पत्र पठाएर राप्रपालाई सरकारमा रहभागी हुन आग्रह गर्नु भएको थियो ।स्रोतका अनुसार राप्रपालाई चारवटा मन्त्रालय दिने देउवाले आश्वासन दिनुभएको छ ।

यसैबिच

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।आज बसेको संसदीय दलको बैठकले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।