टोकियो,माघ,२७-ओसाकामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
नेपाल मगर संघ जापानको क्षेत्रीय समिति कान्साईले आयोजना गरेको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम सम्पन्न भएको हो।
ओसाकामा माघे सक्रान्ती कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा आठ सयको हाराहारीमा दर्शकको उपस्थित रहेको नेपाल मगर संघ क्षेत्रीय समिती कान्साईका अध्यक्ष पुर्ण गर्बुजा मगरले जानकारी दिनुभयो।
कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष लगायत प्रतिनिधीको उपस्थिती रहेको र उहाँलेहरुले छोटो मन्त्व्य राख्दै माघि पर्वको शुभकामना दिएका थिए।
कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चीत राष्ट्रीय कलाकार देविराम राना मगर, चेतन घर्ती, रचना राना मगर, पार्वती मगरले आफ्नो गायन प्रस्तुती मार्फत दर्शकलाई छमछमी नचाएका थिए।नेपाल मगर संघ कान्साईको समुहले विजोड नृत्य प्रस्तुत देखाएका थिए।





