नेपाल मगर संघ क्षेत्रीय समिति ओकिनावाले आज माघे संक्रान्ती पर्व मनाउदै

मुख्य आकर्षक कलाकारको रुपमा चेतन घर्ती मगर

फाईल तस्विर ।।

टोकियो,माघ,१-नेपाल मगर संघ क्षेत्रिय समिति ओकिनावा जापानले आज माघे संक्रान्ती पर्व मनाउदै छ।

नेपाल मगर संघ जापानको केन्द्रिय समिती र ओकिनावा केनको क्षेत्रिय समितीको संयुक्त आयोजनामा माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज बिहिवारका दिन मनाउन लागेको हो।

प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको हो।मगर समुदायले माघे संक्रन्ती पर्वलाई हरेक वर्ष महान पर्वको रुपमा मनाउदै आएको छ।

आज ओकिनावामा हुने माघि विशेष साँस्कृतिक साँझ कार्यक्रममा जापानमा रहेका चर्चीत लोक तथा दोहोरी गायक चेतन घर्ती मगरको प्रस्तुती रहेको नेपाल मगर संघ जापान क्षेत्रीय समिती ओकिनावाका अध्यक्ष राम थापा मगरले जानकारी दिनुभयो।

यस्तै : माघे संक्रान्ति कार्यक्रममा एकल तथा सामुहिक नृत्य हुनेछ।जसमा कलाकारहरु रहेका छन्।

१.सम्झना रामतेल
२.ललिता चौधरी (थारु गीत)
३.चमेली राना मगर (vocalist)
४.श्रवण मगर (free style )
६.दिपिका राना (mix song)
७.विपिना मगर (तन तन भो हनहन भो मलाई देखेर)
८.एलिना आले (group dance)
९.रुबिना पुन मगर (mix song)
१०.सबिना मगर,मोनिका मगर (रुकुम मैकोट)
११.श्रवण मगर (Hip Hop )
१२.मौलिक कौराहा नाच रहनेछ। 

उक्त कार्यक्रम ओकिनाव केन स्थित,नाहा माचुयामा मा बेलुकि ६ बजेदेखि राती १०:३० बजेसम्म सञ्चालन हुनेछ।

आजको माघे संक्रान्ति विशेष, साँस्कृतिक साँझ कार्यक्रममा सम्पुर्णलाई उपस्थितीको लागि नेपाल मगर संघ जापान क्षेत्रीय समिती ओकिनावाले हार्दिक अनुरोध गरेको छ।