
टोकियो,माघ,२-ओकिनावामा माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
नेपाल मगर संघ जापानको क्षेत्रीय समिति ओकिनावाले आयोजना गरेको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रम बिहिवार सम्पन्न भएको हो।

ओकिनावमा माघे सक्रान्ती कार्यक्रम सफलता पुर्वक सकिएको र कार्यक्रममा उल्लेखिय दर्शकको उपस्थित रहेको नेपाल मगर संघ क्षेत्रीय समिती ओकिनावा अध्यक्ष राम थापा मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।
कार्यक्रममा विभिन्न संघ संस्थाका अध्यक्ष लगायत प्रतिनिधीको उपस्थिती रहेको र उहाँहरुले छोटो मन्त्व्य राख्दै माघे संक्रान्तीको अवसरमा शुभकामना दिएका थिए।
यसैगरी: कार्यक्रममा चर्चीत लोक तथा दोहोरी गायक चेतन घर्तीले उपस्थित दर्शकलाई सालैजो भाका संगै विभिन्न गित गाउदै छमछमी नचाएका थिए।
कार्यक्रम अवधीभर थुप्रै स्थानीय कलाकारले एकल र सामुहिक नृत्य प्रस्तुत देखाएका थिए।





