राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने

कप्तान ज्ञानेन्द्र मल्ललाई पदमुक्त


काठमाडौं,पुष,१-
नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने नियुक्त हुनुभएको छ।नेपाल क्रिकेट संघ(क्यान)को बुधबार बसेको बैठकले लामिछानेलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट संघका कप्तान ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ ।क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई जिम्मेबारीबाट हटाउने निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिनुभयो ।

 

अनुशासन उल्लंघन गरेको सम्बन्धमा गठन भएको छानबिन समितिको सिफारिसका आधारमा मल्ल, ऐरि, सोमपाल कामी र कमल सिंह ऐरिलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुको ६ महिनाका लागि सहभागि नगराउने निर्णय पनि भएको छ ।

कप्तान ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेसंगै नेपाली क्रिकेट टिमको नयाँ कप्तानको रुपमा सन्दीप लामिछानेलाई चयन गरेको हो ।

खेलाडीको केन्द्रिय सम्झौतालाई लिएर कप्तान मल्ल सहित केही सिनियर खेलाडीले सार्वजनीक रुपमा गुनासो गरेका थिए । खेलाडीको वर्गिकरण बैज्ञानिक र व्यवहारिक नभएको उनीहरुको गुनासो थियो।सोही विषयलाई लिएर क्यानले खेलाडीसँग स्पष्टिकरण सोधेको थियो ।

खेलाडीको स्पष्टिकरण चित्त बुझ्दो नभएको र खेलाडी आचार संघीता पालना नगरेको भन्दै क्यानले सो निर्णय गरेको हो ।