देलेन्द्र जोशीको नयाँ तिज गित “झुम्का हरायो” (भिडीयो सहित)

फुकुओका,जापान,१९-

प्रवासमा बसेर सम्भव त कुनै पनी कुरा गर्न एकदमै कठिन हुन्छ । त्यो तपाई हामी सबैलाई थाहा भएको कुरा हो । तर मनले चाहे त्यो सबै काम गर्न जो जहाँ बसेपनी सम्भव छ । 

आजभोली धेरै मानीस उच्च शिक्षा र रोजगारका लागी संसारका विभिन्न देशमा पलायन भएका हुन्छन् । ती विदेश पलायन भएका लाखौंको भिडको संख्या मध्यका एक हुन् दिलेन्द्र जोशी ! सुदुरपश्चिमको पहाडी जिल्ला दार्चुलाको रिठाचौपाता मैखोलीमा जन्मेका हाल जापानको फ़ुकुओकामा बस्दै गीत संगीतलाई निरन्तरता दिदै आईरहेका युवा गायक दिलेन्द्र जोशीले “झुम्का हरायो” बोलको तिज गित बजारमा ल्याएका छन ।

हरेक वर्ष तिजका सयौं नयाँ भाका आउने गर्दछन् । यस वर्षपनी तिजका गित दिनप्रतिदिन धमाधम आईरहेका छन् । गाँउ घर तिर तिजका गितले विस्तारै रौनकता ल्याउदैछ । तिजको रौनक भनेको नै तिजका मौलिक भाकाहरु नै हुन् । पछिल्लो समय तिजका गितमा रत्यौउलीका भाकाहरु प्रयोग गरि केहि विकृती पक्कै ल्याएको पाईन्छ । तर तिजको गितमा कलाकारले प्रदुषित हुन भने दिनहुन  हुँदैन् । 

तिजको गित भनेको महिलाको वेदना हाँसो खुशी लाई समेटेर मौलिक शब्द प्रयोग गरि तयार पारिएको हुनुपर्छ । र पो तिजका गितमा पक्कै केहि भाव समेटिन्छन् । त्यसैले हाम्रा नारी जाती भनेको यस संसारमा सृष्टिकालागी अनुपम वरदान हुन् । प्रदेशमा रहेर पनि नेपाली लोक दोहोरी र देउडा गायकका रुपमा आफ्नो परिचय बनाउन सफल दिलेन्द्र जोशीले नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा देउडा गितका मौलिक शब्द राखी “झुम्का हरायो”  बोलको तिज गित बजारमा ल्याएर आएका हुन् ।

उक्त तिज गितमा प्रेमी र प्रेमीका अर्थात श्रीमान, श्रीमती बिच छमछमी नाच्दा केहि हरायो भने सम्झाउने कुरालाई मौलिक भाकामा उतारिएको छ । निकै नै मौलिकपनता झल्किएको “झुम्का हरायो” बोलको तिज गितमा संगै मेलापात गर्दाका कुराहरु त्यसैगरि महिलाले लगाउने पहिरहनको कुरालाई मौलिक भाकामा जोडेर दर्शकमाझ देखाईएको छ । 

यो गित सुभाराम्भ डिजिटल म्युजिक प्रा.लिको प्रस्तुतिमा बजारमा ल्याईएको उक्त गितमा दिलेन्द्र जोशि र सम्झना भन्डारीको सुमधुर आवाज रहेको छ, भने चर्चित मोडल शंकर बिसि र आरुसि मगरको अभिनय रहेको गीतको भिडियो लाई शंकर बिसीको उत्कृष्ट निर्देशनमा तयार पारिएको छ । भिडियोको छायांकन राजेश घिमिरेले गरेका छन् भने भिडियो सम्पादन नवीन घर्ती मगरले गरेका हुन् ।

“झुम्का हरायो”तिज गितको पुरा भिडीयो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोला ।