महिला सहभागीता कागजमा सिमीत : ४ जिल्लमा ३ महिला उम्मेदवार

काठमाण्डौ,कार्त्तीक,८-

आगामी मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश ७ का चार जिल्लाबाट ती जना महिला उम्मेदवार बनेका छन् । प्रतिनिधि सभाका ४ निर्वाचन क्षेत्र र प्रदेशका ८ निर्वाचन क्षेत्रमा गरि ६३ जनाले उम्मेदवारी दिएकोमा ३ जनामात्र महिला छन् ।

बझाङमा मात्रै ३ जना महिलाको उम्मेदवारी परेको हो । बझाङमा राष्ट्रिय जनमोर्चाकी कल्पना भण्डारीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी छिन् ।

यस्तै प्रदेशसभा क्षेत्र १ बाट काँगे्रसकी चन्द्रादेवी जोशी तथा २ बाट माओवादी केन्द्रकी देवकी मल्लले उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पहिलो चरण अन्र्तगत प्रदेश नम्बर ७ का बझाङ, बाजुरा, दार्चुला र बैतडीमा निर्वाचन हुँदैछ ।

चार जिल्लामा प्रतिनिधिसभाको चार स्थानका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेशसभाका ८ स्थानका लागि ४० जनाको उम्मेदवारी परेको छ ।

राजनीतिक दलका नेताहरुले समावेशी र महिला अधिकारको कुरा गरे पनि व्यवहारमा लागू नगरेको उम्मेदवार चयनले देखाएको नेपाली काँग्रेस कैलालीका नेतृ जागृती बोगटीले बताईन । आफ्नो पार्टीभित्र कुरा राख्न नसक्दा पनि महिलाहरु पछाडि परेका उहाँको भनाई छ । नयाँ पत्रीकाबाट