खड्ग शर्मा करिब एक दशक अघिदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । शर्मा नेपाल पत्रकार महासंघ दाङको साधारण सदस्य एवम रेडियो स्वर्गद्वारीमा कार्यरत हुनुहुन्छ । उहाँसँग गरीएको कुराकानी
किन पत्रकारिता क्षेत्रमा आबद्व हुनुभयो ?
म पत्रकारीता क्षेत्रमा लाग्छु भन्ने सोचेको पनि थिएन तर रहर भने निकै थियो । कहीले काही रहर पनी यथार्त हुदो रहेछ । मलाई पत्रकारीता भन्दा पनी मिडीयाहरु अझ भन्नु पर्दा रेडियोमा बोल्ने निकै ठुलो रहर थियो तर त्यती बेलाको समयमा मेरो लागी यो सम्भव छ जस्तो मलाइ लाग्दैन्थ्यो । किनकी रेडियोमा म बोल्ने त ठुलोकुरा रेडियोमा बोल्ने मान्छेहरु संग म बोल्ने हिम्मत नै गर्न सक्दैनथे । खासमा म विदेश गएको मान्छे मेरो लागी अब विदेश नै सवै हो जस्तो लाग्थ्यो । विदेश बाट आएर फेरी अर्को देशमा जानको लागी म काठमाण्डौमा भान्जा श्रीधर सुवेदी संगै बस्थे । उनी नेपाल एफ.एम. मा काम गर्थे । उनको सल्लाहमा मैले त्यहाँ पत्रकारीता सम्बन्धी एक महीना जति तालीम पनी लिए । त्यस पछी मलाई झन यो क्षेत्र बढी मन पर्न थाल्यो । भान्जाले एक महीना पछी मलाई घोराहीको स्वर्गद्धारी एफ.एम. मा कुरा गरिदिन्छु अब उतै सिक्नुहोला भने । उनले एफ.एम. मा विपुल पोख्रेल दाइलाइ फोन गरे अनी दाइले हुन्छ भने पछी म विदेश जान भनी हिडेको भान्छे स्वर्गद्धरी एफ.एम. मा आई पुगे । त्यती बेला एम.एम. मा विपुल दाईको विशेष सहयोगमा कामगर्न पाए र यो क्षत्रको मेरो गुरु नै विपुल दाई हुनुहुन्छ । खासमा म रहरमा नै यो क्षेत्रमा आबद्ध भएको हु ।
पत्रकारिता क्षेत्रमा के कस्ता चुनौतीहरु देख्नुभएको छ ?
पत्रकारीता क्षेत्रमा निकै चुनौती छन । सवैभन्दा पहीला त यो पेसाले मात्र बाँच्न नै गाहा्रे छ । त्यसैले हरेक पत्रकारीता गर्नेहरुले केही न केही अरु पेसा पनी गरेका छन । रहरले मात्र जिवन चलाउन सकिदैन जब रहर पुरा हुन्छ अनी मान्छे यो पेसा बाट विस्थापीत हुन्छ । अहीले त सञ्चार क्षेत्रको विकास क्रम संगै समाचार संकलनमा निकै सहज भएको छ । केही वर्ष पहीले एउटा समाचारको लागी पुरा दिन नै हाल्नु पर्दथ्यो । अहीले त निकै सहज भएको छ हेलो भन्यो च्याट गरेपछि समाचार आइपुग्छ । कपी पेस्टको भरमा पनी मीडीया चलेकै छन । तर अहीले पनी दुख गरेर समाचार बनाउनेहरु पनी छन उनीहरुका लागी त अहीले पनी चुनौती निकै छ नी । ठाउँ विकट हुन सक्छ साधन नहुन सक्छ , दुई तिन दिन लगाएर मेहनत गरी बनाएको समाचारको कती मुल्य त ? त्यसको पनी ग्यारेन्टी त छैन नी । त्यसैले मेहनतगरी बनाएको समाचारहरुको उचित मुल्याङकन हुन जरुरी छ । अर्को कुरा यसको विश्वनियता पनी कम हुदै गईरहेको छ यसलाई सुधार गर्न जरुरी छ । यस्तै पत्रकारीतामा राजनीती गर्ने चलन व्यापक भएको छ यो पनी अहीले हाम्रो लागी चुनौती भएको छ । प्रत्येक पत्रकार पार्टीमुखी भै सके हुनु पर्ने समाज मुखी देश मुखी हो जस्तो मलाई लाग्छ ।
पत्रकारिता क्षेत्रमै टिकिरहनका लागि विशेष गरेर मिडिया सञ्चालहरुबाट के कस्तो अपेक्षा राख्नुभएको छ ?
प्राय मिडियाहरुले उचित पारीश्रमीक दिएका छैनन र टिकी रहनको लागी उचित परीश्रमीक दिुनुपर्छ । हामीले अपेक्षा मात्र गरेर हुदैन यस्ता कुराहरु स्वयं मीडीया सञ्चालकले सोच्ने कुराहरु हुन । अहीले धेरै जनशक्तmी भन्दा पनी थोरै र मेहनती पत्रकार मिडीयाहरुले राख्ने र तिनीहरुलाई उचित पारीश्रमीक दिन जरुरी छ । मेरो अपेक्षा पनी यही हो राम्रो संग काम गरौ मेहनत गरौ त्यसको बदला सहरमा बाच्न सक्ने गरी पारीश्रमीक भय पुग्छ ।
रेडियोमा काम गर्दै गर्दाका चुनौतीहरु के कस्तो देख्नुहुन्छ ?
चुनौती निकै छन रेडीयोमा काम गरी सकेपछी छोडेर हिडन मीलेन कोही विरामी भो भने पनी अर्कोले पालो नदीएर बस्नु परेको हुन्छ । रेडीयो कै कामले गर्दा मैले श्रीमतीको अप्रेसन हुदा समेत समय दिन सकेन यो कुरा म कहीलै भुन्नै सक्दैन । यो यस्तो पेसा हो काम पनी हुदैन फुर्सद पनी हुदैन । मेरो एउटा कामले रेडीयो बन्द गरेर हिडन नी नमील्ने अर्को साथी नभए छोडेर जान नमील्ने । रेडीयोमा काम गर्ने क्रममा सहकर्मी बाट भने कहील्यै असहयोग भने भएन । निकै मीलेर बसेको एउटा परिवार जस्तो लाग्छ ।
जस्तो रेडियोकर्मीहरुलाई रिपोटिङका सवालमा के भयो भने सहज हुन्छ जस्तो लाग्छ ?
कही जाँदा साधन चाहीन्छ सवै रिर्पाेटीङ जाने ठाउँ नजिक हुदैन टाढा पनी हुन्छ त्यसैले त्यसको लागी रेडीयोहरुले सके सम्म एउटा साधन र रिपोटीङको लागी अन्य अवस्यक सामाग्री उपलब्ध गराइ दिन जरुरी छ । रेडीयोको लागी समाचार लिन जाने सधै बस भाडा आफै तिर्नु पर्ने भयो भने सवैलाइ समस्या हुन्छ । कतीपय मिडीयामा व्यवस्था भएको होला तर सवैमा भएको छ जस्तो मलाई लाग्दैन । अर्कोकुरा समाचार सहजरुपमा उपलब्ध गराई दिने ब्यवस्था हुन जरुरी छ । कुनै पत्रकार समाचार लिन आएको हो भने कसरी सहज रुपमा उस्ले समाचार पाउन सक्छ त्यसको ब्यवस्था हुन पर्छ ।
यहाँको क्षमता अभिवृद्विका लागि के कस्ता प्रयासहरु भएका छन् ?
रेडीयोमा काम गर्न थालेको १२ वर्ष भयो यो नै मेरो क्षेमता अभिबृद्धीको मुहान हो जस्तो मलाई लाग्छ । म यो क्षेत्रमा लागे देखी धेरै साप्ताहीक र दैनीक पत्रीकाहरुमा समेत समाचार पठाउने गरेको छु । कोहलपुर बाट प्रकाशनहुने पत्रीकामा समेत कहीले कसो समाचार पठाउने गरेको छु । म स्वयं विद्यालयमा समेत कार्यरत भएकोले त्यती धेरै समय दिन नसके पनी विद्यालयमा समाचार वाचन सम्वन्धी बालबालीकाहरुलई समेत लेख्न र पढन सिकाउने गरेको छु ।
संगठनात्मक रुपमा के भयो भने पत्रकारिता क्षेत्रमा सुनौला दिनहरु देख्नुहुन्छ ?
संगठनहरुले हरेका श्रमजीबी पत्रकारहरुलाई उचित पारीश्रमीकको लागी विशेष पहल गर्नु पर्दछ । सम्पुर्ण मीडीया कर्मीहरुको जागीरको समेत ग्यारेन्टी गराउन संगठनहरुको निकै ठुलो भुमीका हुनु पर्दछ साथै एउटा पत्रकार सजीलै संग यो पेसाले बाच्न सक्ने भयो भने पत्रकारीता क्षेत्रमा सुनौला दिनको सुरुवात हुन्छ ।
घर परिवारबाट के कस्तो सहयोग प्राप्त भएको छ ?
घर परिवारको सहयोगले नै आज सम्म यो पेसा छोडन सकेको छैन । कहीले काँही अबत छोडनु पर्छ जस्तो लाग्छ घर परिवारले यही पेसाले नै सुरुमा घोराहीमा बस्ने बनाएको हो भने छाडन हुदैन भन्नु हुन्छ । असहयोग कहील्यै भयन सहेद कहीले पनी हुदैन जस्तो लाग्छ ।
पत्रकारिता पेशालाई कतिपयले नशाकारुपमा लिएको पाइन्छ । के त्यस्तै लाग्छ ?
हो मलाई नी नसा लागेर नै यो पेसामा आएको हु । नत्र भने विदश जान भनेको हिडेको छोरो एफ एम बाट बोल्छ भन्ने मेरा वुवा आमाले नी सोच्न भएको थियन होला । यदी यस्को नसा नलागेको भय म आज पनी विदेशमै हुन्थे होला । साँच्चीकै नशाकारुपमा लीनेहरुले यो पेसा चटक्कै छोडन मुस्कील नै पर्छ जस्तो मलाई लाग्छ ।
पत्रकारिता क्षेत्रमा लाग्दै गर्दा कुनै त्यस्ता अविस्मरणीय क्षणहरु केही छन् ?
शुरुमा रेडीयोमा बेल्न पाइदैनथ्यो कैले बोल्न पाइएला जस्तो नी लाग्थ्यो शुरु शुरुमा रेडीयोमा सुचना पढदा पनी खुब आनन्द लाग्ने । हामी ३ जना थियउँ सुचना पढनको लागी तछाड मछाड हुने गर्दथ्यो यो कुरा चाही सम्झना आई रहन्छ । अनी अर्को विपुल दाईले मलाई त्यती वेलाको घोराहीको महेन्द्र अस्पतलामा परिवार नियोजनको मिनी ल्याप छ समाचार बनाएर जाउ भन्नु भायो । म समाचार लीएर आय अनी लेखे त्यो मेरा पहीलो समाचार थियो त्यो देखेर धेरै जान हाँस्नु भयो मलाई नी लाज लाँग्ँयो त्यो समाचार मैले कथा जस्तै लेखेको रहेछु यो कुरा अहीले पनी सम्झना छ ।