कन्चनपुरमा बस पल्टिदा २२ जना यात्रु घाईते

कञ्चनपुर, कात्तिक ८ –

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा बस पल्टिएको छ । डडेल्धुराको जोगबुडाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८०३९ नम्बरको बस आज दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुको झलारीमा रहेको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि एम्बुलेन्समार्फत कैलालीको अत्तरियातर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक लालमणि जोशीले जानकारी दिनुभयो । घाइते सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ । रासस