जापानमा एकैदिन तिन पटक ४.६ म्याग्नीच्यूडको भुकम्प

टोकियो,जापान,असोज,७-जापानको ईबाराकी केनलाई केन्द्र विन्दु गराई ४.६ म्याग्नीच्यूडको भुकम्प गएको छ ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार आज शुक्रबार स्थानीय समय अनुसार बिहान ९ बजेर ५७ मिनेटमा भुकम्प गएको हो ।जसले राजधानी टोकियोमा पनि धक्का दिएको थियो। 

जापान मौसम विज्ञान एजेन्सीका अनुसार आज मात्र जापानका फरक फरक ठाँउमा गरि तिन पटक भुकम्प गएको छ ।

यसैगरी जापानको नागानो केनलाई केन्द्र् विन्दु गराई बिहान पख २ बजेर ५६ मिनेट जादा २.८ म्याग्नीच्यूटको भुकम्प गएको थियो । 

त्यस्तै जापानको ओकिनावाको आईल्याण्ड अर्थात मुख्य टापुमा आजै बिहान ७ बजेर २३ मिनेट जादा ४.७ म्याग्नीच्यूडको भुकम्प गएको थियो ।भुकम्पले मानवीय क्षति भने नभएको जापानीज अधीकारीहरुले जनाएका छन् ।