संसद् विघटन:सर्वोच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई दिएको म्याद आज सकिदैं

फाईल तस्विर !!

काठमाडौं,पुस,१९-संसद् विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै  प्रधानमन्त्री र राष्ट्रपतिका कार्यालयलाई लिखित जवाफ पेस गर्न दिएको म्याद आज (आइतबार) सकिँदै छ।

इजलासले यही पुस १९ गते (आज) भित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकार तथा राष्ट्रपतिका कार्यालयलाई आदेश दिएको हो।

अधिवक्ता सन्तोष भण्डारीसमेत निवेदक रहेको रिटमा सर्वोच्चद्वारा जारी आदेशमा भनिएको छ- ‘निवेदनको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो? आदेश जारी हुननपर्ने कानुनबमोजिमको आधार र कारण भए सोसमेत साथै राखी म्याद थाम्न थमाउन नपाउने गरी मिति २०७७/९/१९ सम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरूलाई यो आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी सूचना म्याद जारी गरी निम्न कार्य सम्पन्न गरी नियमानुसार पेस गर्नू।’

sarbochchaaadesh

 

जसअनुसार राष्ट्रपति र प्रधानमन्त्रीका कार्यालयले अनिवार्य रूपमा आज आइतबारसम्ममा सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुपर्नेछ। तर त्यस्तो जवाफ शुक्रबारसम्म आइनपुगेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।