परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँदै, काम चलाउ सरकारसँग वार्ता नगर्ने भारतको रणनीति

काठमाडौं,पुस,१८- सरकारले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको तयारी पुनः थालेको छ । सतरुढ दल नेकपाभित्रको विवादका कारण केही समय धकेलिएको मन्त्री ज्ञवाली भ्रमणको तयारी फेरि सुरु भएको हो ।

यसअघि डिसेम्बरको दोस्रो हप्ता भ्रमण गर्ने गरी गृहकार्य भएको थियो । तर नेकपाभित्रको विवादका कारण भ्रमण हुन नसकेपछि जनवरीको पहिलो हप्ता भ्रमण गर्ने गरी तयारी गरिएको थियो । तर प्रधानमन्त्री केपी ओलीले अकस्मात संसद भंग गरेपपछि सो मितिमा भ्रमण हुन सकेन् । अब जनवरीका दोस्रो साता भ्रमण गर्नेगरी दुवै पक्षले तयारी अगाडि बढाएका छन् ।

तर सर्वोच्च अदालतमा संसद विघटनको बारेमा छलफल हुन थालेकाले तत्कालै मिति भने घोषणा नगर्ने सरकारको तयारी छ । मन्त्री ज्ञवाली संयुक्त आयोगको वैठकमा भाग लिन दिल्ली जान लाग्नुभएको हो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मितिसमेत घोषणा भइसकेको अवस्थामा कामचलाउ सरकारसँग वार्ता नगर्ने पक्षमा भारत रहेको छ ।

सरकारले तत्काल संयुक्त आयोगको बैठक गर्ने र त्यसपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउनेबारेमा पनि कुराकानी गर्ने सरकारको तयारी छ ।