महोत्सवद्वारा जलबायु मैत्री कृषि तथा आइपिएम प्रविधिलाई सम्मान पत्र प्रदान

नेपालगन्ज,फाल्गुन,२९-
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न प्रादेशिक महोत्सव २०७५ को समापनको दिन बुधबार महोत्सवले बिभिन्न स्टलहरुलाई सम्मान पत्र प्रदान गरेको छ।

विभिन्न स्टलहरुको माँझमा प्राङ्गारीक तरकारी जलवायु खेती गर्नु पर्छ भन्ने मुख्य उद्देश्यका साथ महोत्सवको स्टल न.१७ मा आफ्नो प्रदर्शनी गरे बापत जलवायु मैत्री कृषि तथा आइपिएम प्रविधि स्टल पनि महोत्सवद्वारा सम्मानित भएको छ।

महोत्सव अबधिभर स्टलमा विभिन्न प्रजातिका च्याउ, करेलाका बेर्ना,बन्दा, थोपा सिँचाई प्रविधि, काँक्राका बेर्ना,प्लास्टिक ट्रे,प्याज ,लसुन, प्राँगारिक तरकारी खेती गर्ने प्रबिधिका पम्पलेट,भौतिक प्रबिधि(च्यापच्यापे पासो,बत्तिको पासो,साबुन पानीको पासो) इत्यादी राखी प्रदर्शनि गरिएको कृषि प्राबिधिक सचिन मेघनाथले बताउनु भयो।

महोत्सव अवधिभर प्राङ्गारिक तरकारी खेतिबारे सम्पुर्ण जानजारी अवलोकनकारिलाई गराइएको बरिष्ठ कृषी प्राबिधिक पदम खड्काले जानकारी दिनु भयो।

तथ्यांक शास्त्रकी माया चौधरीका अनुसार महोत्सव अवधिभर करिव १३ सय बढी दर्शकहरुले यस स्टलको अवलोकन गरेका थिए।