झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

काठमाडौं,जेठ,१८-झापाको भद्रपुरका लागि आज (बुधबार) बिहान उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ ।

विमानमा केही समस्या देखिएपछि विमान पुन: काठमाडौं नै फर्किएको हो । विमानको टायरमा समस्या देखिएपछि भद्रपुरका लागि बिहान १० बजेर ४३ मिनेटमा उडेको विमान भद्रपुर नपुग्दै फर्काएर ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।

बुद्ध एयरको विमानमा ६९ जना यात्रु सवार थिए ।विमानलाई सकुशल अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।