नेपालगंज टेक्नीकल कलेजमा स्वागत कार्यक्रम भव्य रुपमा सम्पन्न

नेपालगन्ज, अशोज, २१-
मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा प्राविधिक शिक्षाका लागि अाफनै सु सम्पन्न भवन लगायतको सुविधा सम्पन कम्प्युटर ल्याब, खेलमैदान , प्रयोगशाला भएको नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले अाज विभिन्न कार्यक्रम गरेर नव अागन्तुक बिद्यार्थीहरुलाई स्वागत गरेको छ ।

अाज बिहान ८:३० बजे देखि कलेजले अाफनै बिद्यालयको प्राङ्गणमा यस कलेजमा अध्ययनरत सामान्य चिकित्सक , ल्याब टेक्निसियन , कम्प्युटर ईन्जिनियर , सिभिल अोभरसियर प्रथम बर्षमा अध्ययन गर्न भर्ना भएका बिद्यार्थीहरुलाई यसै कलेजमा द्वितीय र तृतीय बर्षमा अध्ययनरत बिद्यार्थीहरु र कलेजले संयुक्तरूपमा स्वागत कार्यक्रम गरिएको हो ।

कार्यक्रमको सभापतित्वमा यसै कलेजका प्रिन्सिपल ईन्जिनियर दिपक बि-सी- प्रमुम अतिथिमा क्षेत्रीय प्रविधिक शिक्षालयका निर्देशक यादव सुवेदी , बिशिस्ट अतिथिमा यसै कलेजका निर्देशक किशोर कुमार पाण्डे , अतिथिहरुमा नेपालगन्ज टेक्निकल स्कुलका प्रिन्सिपल दामोदर ढकाल, टेक्निकल स्कुलका संयोजक पबन किराती, नेपालगन्ज टेक्निकल कलेजका हेल्थ साईन्सका संयोजक बिबेक चौधरी , सिभिल तथा कम्प्युटर ईन्जिनियरिङकी संयोजक सोनु साह, यसै कलेजमा अध्यापन गराउनु हुने शिक्षक, शिक्षिका , विभिन्न मिडियामा कार्यरत पत्रकारहरु लगायतका हुनुहुन्थ्यो ।

कार्यक्रम सञ्चालन यसै कलेजमा अध्ययनरत बिद्यार्थीहरु ज्वाला गिरी र उज्वल सिंह साउथले गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य यसै कलेजमा अध्ययनरत बिद्यार्थी पुष्प न्यौपाने , प्रकाश शर्माले बिद्यार्थीहरुको तर्फबाट मन्तव्य राखेका थिए। त्यसैगरी शिक्षकहरूको तर्फबाट बिबेक चौधरी , सोनु शाह, के-पी-घिमिरे , बुद्धि सागर सुवेदीले राख्नु भएको थियोे ।

प्रमुख अतिथिले प्राविधिक शिक्षाको माग दिन प्रतिदिन बढ्दै गईरहेको र यस्त‍ो शिक्षा अार्जन गरेका बिद्यार्थीहरु भविष्यमा गएर वेरोजगार बस्न नपर्ने हुदा यो सबैको रोजाईको विषय रहेको बताउनु भएको थियो । त्यसैगरी बिशिस्ट अतिथिले अाफनो स्वागत मन्तव्यमा सबैलाई कलेजले राम्रो वातावरणमा पठनपाठन गराएको, कलेजले दिने सुविधाहरुमा कुनै कसुर नराख्ने बताउदै नजिकै अाईरहेको विजया दशमी , शुभ दिपावली, छठ पर्वको समेत सबैलाई शुभकामना दिनु भएको थियोे ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रम , गीत , नाटकहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रथम बर्षमा अध्ययनर बिद्यार्थीहरुलाई द्वितीय र तृतीय बर्षमा अध्ययनरत बिद्यार्थीहरुले टीका लगाएर स्वागत गरेका थिए । कार्यक्रमको समापन यसै कलेजका प्रिन्सिपल ईन्जिनियर दिपक बि-सीले गर्नुभएको थियो ।