पशुपती खनालको बझाङ सुर्माताल बोलको देउडा गित सार्वजनीक

काठमाण्डौं,असोज,२१-

गायिका तथा पुर्व सञ्चारकर्मी पशुपति खनालको बझाङ सुर्माताल बोलको देउडा गित सार्वजनिक भएको छ । गितमा त्यहाका बिभिन्न पर्यटकिय क्षेत्रका नामसंगै माया प्रेम जोडिएको छ । गीतमा गायिका खनाल र गायक सन्तोष रोकाएको आवाज रहेको छ ।

(भिडीयो पनी हेर्नुहोस् )

म्युजिक नेपालको युटूव च्यानल मार्फत गीत सार्वजनिक गरिएको छ । राजेन्द्र शाहको शब्द र संगित रहेको गीतको भिडियोमा रोजी कुवर, र सन्तोष रोकाएको अभिनय छ । त्याहाँ उनिहरुको प्रेमलाई देखाइएको छ, भने देउडा पनि प्रस्तुत छ ।

सुदुर पश्चिमको अछाममा जन्मिएकी गायिक खनाल अहिले काठमाडौमा कलाकारिता क्षेत्रमा क्रियासिल रहेकी छन् । पुर्व सञ्चारकर्मी समेत रहेकी खनालले लोक दोहोरि तथा देउडा गितमा स्वर दिनुका साथै बिभिन्न म्युजिक भिडियोमा अभिनय समेत गर्दै आएकी छन् ।