कर्मचारीहरुको तलव बढ्यो : तलव साउन १ गते देखी लागु हुने

काठमाडौं,जेष्ठ,१५-

कर्मचारीहरूको तलब वृद्धि भएको छ । सरकारले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १८ देखि २० प्रतिशत तलब वृद्धिको घोषणा गर्नु भएको हो ।

तस्विर : गुगलबाट साभार

राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत हुने गरी वृद्धि गरिएको तलब आगामी साउन १ गतेदेखि लागू हुनेछ ।यससँगै खरदारदेखि नायव सुब्बासम्मका कर्मचारीको तलब २० प्रतिशत र शाखा अधिकृतदेखि मुख्यसचिवसम्मका कर्मचारीको तलब १८ प्रतिशत बढेको छ ।

अंकमा हिसाब गर्दा सबैभन्दा कम खरदारको ४ हजार ४३४ तथा मुख्य सचिवको तलब ९ हजार ९३६ रुपैयाँ बढेको छ ।बढेको तलब जोड्दा खरिदारको तलब २६ हजार ६०४ तथा मुख्य सचिवको तलब ६५ हजार १३६ रुपैँया हुनेछ ।