प्रधानमन्त्री दाहालकी पत्नीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं,असार,२७-प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेको छ।

स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि गएराती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधान आउन सकेको छैन।

प्रधानमन्त्री दाहाल र माओवादी मन्त्रीहरु अहिले नर्भिक अस्पतालमा भेला भएका छन्।सीता दाहाल लामो समयदेखि अर्धचेत अवस्था रहनु भएको छ।

पार्किन्सन जस्तो देखिने उहाँको विमारीलाई चिकित्सा विज्ञानमा प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) भनिएको छ।

उहाँको पछिल्लो स्वास्थ्य अवस्थाबारे नर्भिक अस्पताल र पारिवारिक स्रोतले केही जानकारी गराएको छैन।