आज १०८औं बिपी जयन्ती : नेपालको प्रजातान्त्रिक आन्दोलनमा बिपीको योगदानको स्मरण गरिदै

आज १०८औं बिपी जयन्ती : नेपालको प्रजातान्त्रिक आन्दोलनमा बिपीको योगदानको स्मरण गरिदैकाठमाडौं,भदौ,२४-आज १०८औं वीपी जन्मजयन्ती । विसं १९७१ साल भदौ २४ गते जन्मनु भएका बिश्वेश्वरप्रसाद कोइराला नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता हुनुहुन्थ्यो ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइराला २०१५ सालको चुनावपछि पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । आफ्नो प्रधानमन्त्रीकालमा उहाँले देशबाट बिर्ता उन्मूलन तथा भूमि सुधारलगायतका सुधारात्मक काम शुरु गर्नुभएको थियो ।

नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा राणा विरोधी क्रान्ति सफल गराउन बिपीको योगदान अनुलनीय रहेको छ । २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायत नेताहरुलाई तत्कालिन सरकारले बन्दी बनाएको थियो ।

२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त हुनुभएका कोइरालाले ८ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभएको थियो ।

बिपी कोइरालाले नेपाली साहित्य क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । उहाँका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाको क्यान्सर रोगका कारण ०३९ साउन ६ गते निधन भएको थियो । स्वर्गीय कोइरालाको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भए पनि उहाँले नै स्थापना गरेको नेपाली कांग्रेस पार्टीले औपचारिक कार्यक्रम समेत आयोजना गरेको छैन ।