जिन्दगीमा हरेक प्रहर’ गीतको म्युजिक भिडियो फरक ढङ्गले सार्वजनीक

काठमाण्डौं,पुस,१३-

गायक सुशान्त खजुमको स्वरमा सजिएको ‘जिन्दगीमा हरेक प्रहर’ गीतको म्युजिक भिडियो फरक ढङ्गले सार्वजानिक भएको छ । गायक, संगीतकार, कलाकार तथा निर्देशकको उपस्थितिमा आफ्ना अनुभूतिलाई साटासाट गरी भिडियोको सार्वजानिक गरिएको हो । रचनाकार भने देशबाहिर भएकाले उपस्थित थिएनन् ।

भिडियो सार्वजानिकपश्चात पत्रकार देवेन्द्र खापुङले अहिलेका नेपाली म्युजिक भिडियोहरूको आफ्नै फर्मेट बनेको बताएका थिए । कलाकार तथा गायकहरूलाई अनिवार्य रुपमा देखाएर म्युजिक भिडियो बनाइनु नेपाली विशेषता बन्दै गइरहेको खापुङको इङ्गित थियो । खापुङले भिडियो कलात्मक बनाउने कि कलाकारहरूले जादुमयी अभिनय गर्ने भन्ने कुरा पछिल्ला दिनमा बहस हुन थालेको पनि बताएका थिए ।

(“भिडीयो हेर्न दिएको लिंकमा क्विक गर्नुहोस्” )

 

एरेन्जर तथा संगीतकार कृष्णभक्त राईले शब्दले आफूलाई तानेकोले संगीत गर्न सजिलो भएको बताएका थिए । त्यसैगरी कलाकार प्रकाश श्रेष्ठले पहिलो काम पाएको बताएका थिए । पहिलो काममा प्रशस्तै मेहनत गरेको र धेरै सिक्न पाएको बताएका थिए । अर्का कलाकार विमला खजुमले पहिले निकै म्युजिक भिडियोमा अभिनय गरे पनि यस गीतमा काम गर्दा विशेषखाले आनन्द आएको बताएकी थिइन् ।

‘पहिले काम गरेर मात्र नहुने रैछ, हरेक काममा नयाँ कुरा सिकिने रैछ ।’उनको कथन थियो । गायक सुशान्त खजुमले गायनमा आफ्नो रहर मात्र नभएर मेहनत पनि गर्दै आएको बताएका थिए । निर्देशक खुश्बु पुडासैनीले आफू निर्देशक भएपनि टिमवर्कबाटै काम सम्पन्न भएको कुरा बताएकी थिइन् । आफ्नो पहिलो काम भए पनि भिडियो पूर्ण बनेर आउँदा सन्तुष्ट रहेको बताइन् ।

एलपी सुब्बा थेगिमको रचना र कृष्णभक्त राईको संगीत तथा एरेन्जमा तयार भएको गीतलाई सुशान्त खजुमले गाएका हुन् । अकिल राईको छायांकन÷सम्पादन रहेको भिडियोमा विमला खजुम, प्रकाश श्रेष्ठ, सुमित ढकालले अभिनय गरेका छन् । भिडियोका निर्देशन खुश्बु पुडासैनीले गरेकी हुन् । भिडियो रेन्बो रेज मिडियामार्फत सार्वजानिक भएको हो ।