‘बी’ डिभिजन लिग:खुमलटारको जितमा महेशको निर्णायक गोल

फाईल तस्विर : एन्फा/ विवेक सुवेदी

काठमाडौं,फागुन,१६-सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले साँघुरो जित निकालेको छ ।

आइतबार भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो।एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जित दिलाउन महेश राईले निर्णायक गोल गरे ।

महेशले खेलको तेस्रो मिनेटमा निर्णायक गोल गरेका हुन् ।जितसँगै खुमलटारले ८ खेलमा १९ अंक जोडेको छ ।

खुमलटारले शीर्ष स्थानको सातदोबाटोसँग अंक बराबरी गरेको छ ।शीर्ष स्थानको सातदोबाटोको ७ खेलमा १९ अंक रहेको छ ।झम्सिखेल ८ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।