नेपालमा थप ७८ जना कोरोना संक्रमित, ८२ संक्रमणमुक्त, १ जनाको मृत्यु

काठमाडौं,फागुन,१६-नेपालमा आइतबार ७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार १४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ८२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ४०७ पुगेको छ ।देशभर हालसम्म ९६२ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ ।हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७४ पुगेको छ ।