शान्ती सुधा वोर्डीङ स्कुल घोराहीको आज २४ औ स्थापना दिवस सम्पन्न

रोशन घर्ती/

घोराही,पुस,२७-

शान्ती सुधा वोर्डीङ स्कुल घोराहीले आज २४ औ स्थापना दिवस तथा अभिभावक दिवस मनाएको छ। मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगकी अध्यक्ष राधा सिहवलीको प्रमुख अतीथ्य एवं विद्यालय व्यवस्थापन समीतीका अधयक्ष दामोदर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल विनय कुमार मीश्रले विद्यालयको वारेमा जानकारी गराउनु भएको थियो।

त्यसअवसरमा जनहान्दोलनका जिउदा सहीद कृष्ण गीरी, अभिभावक भरतमणी पाण्डे, लगाएतले मनतव्य व्यक्त गर्नुभएको थियो । त्यसअवसरमा वार्षिक उत्सवका अवसरमा आयोजीत विभीन्न प्रतीयोगीताका विजेताहरलाइ पुरस्कार तथा अभिभाकहरुलाइ सम्मान गरिएको थियो ।