ब्रेकिंग न्यूज: फुकुओकामा कोरोनाबाट ४ जनाको मृत्यु, ४०६ जना संक्रमित

जापान,बैशाख,३-जापानको फुकुओका प्रान्तमा कोरोना भाइरस (कोभिड–१९) का कारण बुधबार सम्म ४ जनाको मृत्यु भएको छ । मंगलबार राती एकै दिन २ जनाको निधन भएको थियो ।
 
पछिल्लो समय कोरोना भाईरसको उच्च जोखिममा रहेको फुकुओकामा हरेक दिन संक्रमितको संख्या बढीरहेको छ । एकै दिन नयाँ ३३ जना मानीसमा कोरोनाको संक्रमण पुष्टी भएको छ ।
 
पछिल्लो तथ्यांक अनुसाार फुकुओका केनमा संक्रमित हुनेको संख्या मात्र ४ सय ६ जना पुगेको हो । फुकुओका केनमा नेपाली विद्यार्थीको उल्लेखिय मात्रामा बसोबास रहेको छ ।
 
कोरोना भाईरसको प्रकोप अत्याधीक रुपमा बढेपछि फोकुओका सहित अन्य ७ प्रान्तहरु उच्च जोखिम रहेको ठहर गर्दै जापान सरकारले चैत्र २५ गतेबाट आपतकालीन घोषणा गरेको थियो ।