रञ्जु दर्शना नेपालगन्ज आउदै

नेपालगन्ज,मंसिर,१२- 
विवेकशील साझा पार्टीप्रती जनदवाव बढाउन केन्द्रिय सदस्य रञ्जु दर्शना नेपालगन्ज आउने भएकी छन । विवेकशील साझा पार्टी बाँकेले दिएको जानकारी अनुसार, दर्शना १५ गते नेपालगन्जमा आयोजित चुनावीसभालाई सम्वोधन गर्न आउन लागेकी हुन । पार्टीले १५ गते दिउँसो १ बजे त्रिभुवन चोकमा चुनावीसभाको आयोजना गरेको छ ।

विवेकशिल साझा पार्टीका केन्द्रिय सदस्य : रञ्जु दर्शना

यसअघि १० गते विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र, नेता किशोर थापालगायतले नेपालगन्ज र कोहलपुरमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै पार्टीको सिद्धान्त र विचार प्रष्ट्याएका थिए । साझा पार्टीले मगलबार पनि बाँकेमा चुनावी घरदैलोलाई जारी राखेको थियो ।

प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार नगेन्द्र कुवँर, प्रदेश सभा २ ख का उम्मेदवार डाक्टर विनोद कर्ण मंगलबार पनि विहानैदेखि साझसम्म चुनावी घरदैलोमा निस्कएका थिए । आफ्नो पक्षमा जनलहर बढ्दै गएको बताउदै कर्णले मगलबार नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुरमा घरदैलो कार्यक्रम गरेको थियो ।

गणेशपुरमा गरीएको घरदैलोमा मतदाताले सुन्दर नेपालगन्ज बनाउन विवेकशिललाई नै मत दिने बताएका थिए । अहिले सम्म हाम्रो घरमा कोहि उम्मेदवार भोट माग्न नआएको बताउदै स्थानीयले स्वच्छ छवि भएको उमेदवार भोट माग्न आएपछि हर्सित भएका थिए । खजुरा र कोहलपुरमा पनि घरदैलो गरीएको पार्टीले जनाएको छ ।