अल स्टार एफसीको BBQ कार्यक्रम पार्टी सम्पन्न

सबै खेलाडी नगद सहित सम्मानित

फाईल तस्विरमा : अल स्टार एफसी ॥

टोकियो,साउन,२७-जापानको राजधानी टोकियोमा रहेको अल स्टार एफसीले BBQ पार्टी कार्यक्रम सम्पन्न गरेको छ।

विगत ७,८ वर्ष देखी टोकियोमा बस्दै आईरहेका प्रवासी नेपालीले समुदायले संचालन गरेको अल स्टार एफसीले आज आईतवार खासाई रिन्काई पार्कमा एक औपचारिक कार्यक्रम गर्दै BBQ पार्टी कार्यक्रम सम्पन्न गरेको हो।

अल स्टार एफसीले लामो समय देखी नै टोकियोमा आयोजना हुने फुटसल प्रतियोगितामा सहभागिता जनाउदै आएको छ।

स्मरण रहोस् : यस अल स्टार एफसीले गत महिनामा बुटवल समाज जापानले आयोजना गरेको पहिलो बुटवल समाज गोल्ड कपमा रनअर अप हुदैँ नगद २ लाख ५५ हजार ५ सय ५५ येन सहित ट्रफि मेडल जितेको थियो।उक्त प्रतियोगितामा अल स्टार एफसीकै सुदिप श्रेष्ठ उत्कृष्ट खेलाडी बन्दै अवार्ड जित्न सफल भएका थिए।

आज भएको BBQ पार्टीमा अल स्टार एफसीले आफ्नो दुवै टिमका खेलाडीलाई हैसला प्रदान गर्नको लागी नगद सहित सम्मान पनि गरेको छ।आगामी दिन टोकियोमा हुने फुटसल टुर्नामेण्टमा क्लवलाई अझै मजबुँद बनाएर लैजाने क्लवका म्यानेजर द्वय बाम लिम्बु र साजन गुरुङले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।

BBQ पार्टीमा खानमिन हुनुका साथै मनोरञ्जनात्मक कार्यक्रम पनि भएको थियो।कार्यक्रममा अल स्टार एफसीका सबै खेलाडी र उक्त क्लवमा आवद्ध सदस्य र  परिवारको उपस्थित रहेको थियो।