लम्किचुहा,नगरपालिकमा मोहन्याली विद्यार्थी एकता मञ्च गठन हुँदै

जनक सुनार/
कैलाली,पौष,११-

“हामिले नगरे कसले गर्छ हाम्रो ठाउको बिकाशको लागि हामी आफै जागौ ।” भन्ने मुल नाराका साथ लम्की चुहामा अध्ययन गरिरहेका मोहन्याल गाउपालिका बिद्यार्थीहरुको पहलमा सोमबार मोहन्याली विद्यार्थी एकता मञ्च गठन हुनेभएको छ ।

विद्यार्थीमा आर्थिक र अन्यकुराको कारण देखिने समस्याहरुको ब्यबस्थापनका लागी युवाहरुमा एउटा नयाँ सोचका साथ एकता मञ्च गठन हुनेभएको हो। जसले लम्किमा अध्ययन गर्ने मोहन्यालका बिद्यार्थीहरुको समुह बनाई समुहमा सदस्यता र बाकि सहयोग संकलन गर्नेछ ।

जुन स्रोतले त्यहा रहेका गरिब, दलित, जनजाति र आर्थिक अबस्थामा कमजोरी भएका बिद्यार्थीको छात्रवृत्ति बितरण जस्ता अन्य कार्यहरु गर्ने भएको छ ।

उक्त समूहले सबै संघ संस्था, तथा राजनीतिक दल लगाएतलाई पनि सहयोगको लागि अपिल गरेको छ । युवा बिद्यार्थीहरुका उद्धेश्य यी कुराहरुको ब्यबस्थापनमा लागि हुनेछ ।

१) आफ्नो घर छोडि बाहिर कोठा लिएर अध्ययन गर्दाको पीडा कस्ले बुझ्छ ?
२) आमाबुवा नभएका छोराछोरीलाई पढने मन हुदाहुदै पढ्न नसक्ने ती अनाथहरुको पीडा कसले बुझ्छ ?
३) गरिब दलित जनजाति बिद्यार्थीहरुको पीडा कसले बुझ्छ?
४) क्षमतावान हुदाहुदै आर्थिकस्थिति कमजोर भै घर भित्रै खुम्चिएका अतभुत शक्तिको बारे कसले बुझ्छ !
४)यो समाजमा परिबर्तन कसले देख्न चाहान्छ ?

यस बिद्यार्थी समूहको अभियान बारे अभियन्ता जनक सुनार भन्नुहुन्छ “बिभिन्न समस्याहरुलाई मनन गर्दै पहिलो चरणको काम नेपालको दुर्गम गाउँपालिकाको सुचिमा रहेको मोहोन्याल गाउपालिकाबाट जेनतेन गरि लम्किमा अध्ययन गरिरहेका जेहेन्दार, गरिब, असहाय, दलित, अपांग बिद्यार्थीहरुलाई सानोतिनो सहयोग गर्न चाहान्छौ ।

साथै लम्किमा हुने गठन कार्यक्रममा सबै मोहन्याली विद्यार्थी , राजिनिक दलका कार्यकर्ता , बुद्धिजीवी तथा पत्रकारलाई पनि उपस्थितिका लागि अपिल समेत गरेको छ ।