प्रदेश नम्बर २ मा एमालेको चुनावी आँकलन

काठमाडौं,साउन,२६-

एमालेले आफूविरुद्ध कांग्रेस र माओवादी केन्द्रसहित मधेस केन्द्रित दलले संयुक्त मोर्चाबन्दी नगरे प्रदेश नम्बर २ को स्थानीय चुनावमा पहिलो दल बन्ने चुनावी परिणाम आँकलन गरेको छ ।

महासचिव इश्वर पोखरेलको नेतृत्वमा खटिएका पदाधिकारीहरुले गरेको अध्ययन प्रतिवेदनका आधारमा एमालेले दुई नम्बर प्रदेशमा पहिलो दल बन्न सकिने आँकलन गरेको हो । एक साता २ नम्बर प्रदेशका ८ जिल्लामा खटिएका पदाधिकारीहरुले हासचिव पोखरेललाई छुट्टाछुट्टै प्रतिवेदन बुझाएका छन् ।

प्रतिवेदनलाई आधार मानेर चुनावी रणनीति बनाउने गरी बिहीबार छलफल हुने सचिव पृथ्वीसुब्बा गुरुङले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।