अस्पताल नजीक भेटाएको एक लाख बढी रकम बुझाए हवल्दारले

नेपालगन्ज,मंसिर,२०-
बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा प्रहरी हवल्दार नरेश कुमार डाँगीले नगद १ लाख ७७ हजार भारतीय रुपैयाँ जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएका छन् ।

स्थानीय नेपालगन्ज मेडिकल कलेजको अापतकालिन बिभागको बाहिर पट्टी एउटा झोलामा छोडेको उक्त रकम गए राति हबल्दार डाँगीले फेला पारेर जिल्लामा खबर गरेको बताएका छन् ।

उनी जिल्ला प्रहरी कार्यालयले अस्पतालमा सुरक्षाको लागि त्यहीँ काम गरिरहेका छन् । जिल्ला प्रहरी बाट एक टोली अाएर मुचुल्का तयार पारेर उक्त रकम लगेको हबल्दार डाँगीले बताउनुभयो ।