कविन्द्रको शब्दमा रहेको राष्ट्रिय गान राज सिग्देलले गाउने

नेपालगन्ज,मंसिर,२१-
देश हाम्रो हो हामीलाई नेपालको माया बिछट्टै लाग्छ । यदी कसैले गिद्दे नजर लगाउँछ भने हामी तरवार लिएर जाईलाग्न पछी पर्दैनौ । हामीलाई हाम्रा नदी नाला पनि उत्तिकै प्यारो लाग्छन । त्यसैले त होला माया पिरतीका गीत गाईरहेका राज सिग्देल राष्टियगीत लिएर आएका छन् ।

यो गीत २३ गतेबाट युट्युबमा हेर्न सकिने भएको छ ।नयाँ प्रकृतिको यो राष्टिय गीतमा आफ्ना देशका कला, कृति, नीधि, सम्पती सबैलाई आफ्ना शरीरका अंग सँग समाहित गरिएका छन ।नयाँ प्रयोग सहित यस गीतका शब्दलाई संयोजन गितकार कवीन्द्र भट्टराईले गरेकाछन ।

हालै उदीयमान रहेका संगीतकार प्रभात सुबेदीले संगीत भरिएको यो गीत देशभक्त नेपालीले एक पटक हेर्नै पर्ने गरी सिर्जित गरिएको छ ।
देशले विकाशको फड्को मार्यो भनिन्छ तर दशभक्ति भाव हराईरहेको छ ।

त्यसैले अब भन्नै पर्ने अवस्था आएको छ ।
” लालीगुराँस सुनाखरी फूलीरहने पाखा राम्रो ।
नालापानि अझै प्यारो बीरताको गाथा हाम्रो ।।”

हो हामी नेपाली भएकोले नेपालको माया हुनु पर्दछ । त्यसैले बिन्दवासिनी म्युजिक प्रा. ली. ले यही मंसिर २३ गते आईतबार देखि you tube मार्फत ल्याउन लागेको सो म्युजिक भिडीयो सबै देशभक्त राष्टप्रेमी नेपालीले हेरी subscribe, like र comment गरी राष्ट्रभाव जाहेर गर्नका लागि अनुरोध गरिएको छ ।नेपालको माया सच्चा नेपालीले नगरे कस्ले गर्छ ?

हामी सच्चा नेपाली नभए को हुन्छ? आउँ सबै अब राष्टीय भावमा एकाकार हौँ र भनौ
” मुटुभरी सगरमाथा शीर बनि रहेको छ ।
तनभरी मेचीकाली रगत सरी बहेको छ।।”
कविन्द्र भट्टराई पेशाले शिक्षक भए पनि उहाँ साहित्य तथा गीत संगितको क्षेत्रमा पनि उत्तिकै चासो दिएर लाग्नु भएको छ ।