आजको राशिफल || आषाढ २१ गते मंगलबार ||

काठमाडौं,आषाढ,२१-आज विक्रम संवत २०७९ साल असार महिनाको २१ गते मंगलबार, (जुलाई ५ तारिख) आशाढ शुक्ल षष्ठी तिथि, रहेको छ।

आज असार २१ गते मंगलबारको राशीफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ।आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र सफलता मिल्नेछ।हरेक कार्य गर्दा सोच विचाप पुर्याएर मात्र अगाडी उढ्नु उत्तम देखिन्छ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन आज आफन्तसँग बोलचाली गर्दा ध्यान पुर्याउनु होला, अन्यथा मनमुटाव बढ्ने देखिन्छ ।आफूलाई कमजोर भएको अनुभूति हुनेछ।स्वास्थ्य प्रतिकूल रहन सक्छ, स्वस्थ प्रति सचेत रहदै हरेक कार्य गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन आज राम्रो रहेको छ।अधिकार प्राप्तिका लागि गरेको प्रतिस्पर्धामा विजयी हुनुहुनेछ। बुद्धिको प्रयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन धर्म कर्ममा तपाईको मन जानेछ।धार्मिक समारोहमा सरिक हुने सम्भावना देखिन्छ।जटिल ठानिएको कामहरु पनि समाधान हुनसक्छ।न्यायिक कार्यमा सफलता पनि मिल्नेछ।आज सेवा अवसर मिल्नेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन रमाईलो संग बित्नेछ।हाँसखेल र मनोरञ्जनपूर्ण समयको योग देखिन्छ।चिताएको कामले तीव्रता लिनेछ।शैक्षीक क्षेत्रमा प्रगति भएको सुन्न पाउनु हुनेछ।शुभ कार्यमा सरिक भइनेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन त्यती राम्रो देखिदैन् उन्नति प्रगतिको वातावरणमा समस्या आउला।पेसा वा व्यवसायका क्षेत्रमा व्यवधान आउन सक्छ, तर आफन्तको साथ भने मिल्नेछ। कसैलाई अपमान नगर्नुहोला ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन राम्रो देखिन्छ।सामाजिक क्षेत्र र नोकरीबाट तपाईलाई मानसम्मान मिल्नेछ। अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ।परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन धर्मकर्म तथा समाजसेवामा मन जाने देखिन्छ।शुभारम्भको खुबै चर्चा चल्नेछ। सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ।छोटो यात्राको अवसर मिल्नेछ।यात्रा गर्दा होस् पुर्याउनु होला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन तपाईले सोच अनुसार एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।नोकरी गर्नेले मानसम्मान पाउने छन्।लाभदायक यात्राको सम्भावना पनी देखिन्छ। समग्रहमा आजको दिन राम्रो रहेको छ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आज सोचेका काममा बिलम्ब हुने योग देखिन्छ।आम्दानीका मार्गमा अवरोध आउने छ।पारिवारिक समस्यामा बढ्नसक्छ अत: ध्यान दिनुपर्नेछ।तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा समस्या आउनेछ।त्यसैले आजको दिन संमयताको खाँचो देखिन्छ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन निकै राम्रो रहेको देखिन्छ।
रोकिएका काम पुनः सुरु हुन सक्छन्।तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ।जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ।राम्रा कार्यले तपाईको मनमा हर्ष छाउने छ । 

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन पारिवारिक मेलपिलामबाट मनलाई प्रसन्नता मिल्नेछ।नयाँ नयाँ साथित्व बन्नुका साथै दाम्पत्य सुखमा रमाउने समयको योग देखिन्छ।आर्थीक कारोबार गर्दा लाभ मिल्नेछ।आज यात्रा गर्दा ध्यान दिनुहोला ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।