काठमाडौं, असोज,२३-
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरेको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले उपयुक्त मन्त्रालय पाए सरकारमा जाने निर्णय गरेको हो ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले उपप्रधान एवं गृह मन्त्रालय पाए सरकारमा सहभागी हुनुपर्ने धारणा नेताहरुले राखेका थिए ।
बैठकपछि प्रवक्ता भुवन पाठकले सरकारमा जाने विषयमा गम्भीर छलफल भएको र सबै नेताको सहमतिबाट राप्रपा सरकारमा जाने निर्णयमा पुगेको बताउनुभयो ।
त्यसैगरी, बैठकले नेपाली कांग्रेस र अरु प्रजातान्त्रिक पार्टीसँग चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।
बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन परिचालनका लागि केन्द्रमा अध्यक्ष थापा र जिल्लामा जिल्ला अध्यक्षको अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।