त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु, १५ जना घाईते

उद्धार कार्य जारी

 काठमाडौं,मंसिर,१३-

त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । लु २ख २९१ नम्बरको बस आज बिहान ९:१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । त्रिशुली नदीमा खसेको बसको छतमात्र देखिएको छ ।

उक्त्त दुर्घटनामा मृतक हुने मध्य कसैको पनि सनाखत हुन सकेको छैन ।पूर्ण रुपमा त्रिशूलीमा डुबेको बसबाट १५ जना घाइतेको उद्धार गरिएको छ । अन्यको भने उद्धारको प्रयास भईरहेको जनाइएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।

दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्यले ६ जनाको हालसम्म शव फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार, अहिले घाइतेको उद्धार कार्य भइरहेको छ । दुर्घटनालगत्तै नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटेका छन् ।