विवेकशिल साझाप्रति बढ्दो झुकाव

नेपालगन्ज ,मंसिर,१३- 
साझा पार्टीले चुनावी घरदैलोलाई निरन्तरता दिएको छ । प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार नगेन्द्र कुवँर, प्रदेश सभा २ ख का उम्मेदवार डाक्टर विनोद कर्ण सहित समर्थकहरुले घरदैलो अभियानलाई साथ दिएका छन । बुधबार नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ४ र वडा नम्बर ८ मा घरदैलो गरीएको डाक्टर कर्णले बताए ।

विहान ७ बजे घरदैलो निस्किएको उमेदवारको टोली साझ ७ बजे मात्र फर्किएको थियो । विवेकशिलका उम्मेदवारहरु व्यवसायिक हिसावले सफल र शिक्षित रहेकाले विश्वासको बलियो आधार रहेको मतदाताको बुझाई छ । नेपालगन्जलाई बनाएरै छाड्ने अठोट लिएर चुनावी मैदानमा होमिएका डाक्टर कर्णले मतदाताको पुर्ण विश्वास रहेको बताएका छन ।

अन्य दल तथा उम्मेदवारलाई पहिले पनि परिक्षण गरीसकेको तर विवेकशिलका उम्मेदवारलाई परिक्षण गर्न बाकि रहेकाले आफुहरुको सदभाव उनिहरुलाई हुने मतदाताहरु बताउछन । पार्टिको प्रतिवद्धता पनि सटिक र विश्वास योग्य रहेको अघिकास मतदाताले घरदैलोमा बताएको पार्टिका जिल्ला सम्योजक चिरिन्जीवी शर्माले जानकारी दिए ।

घरदैलोका क्रममा पनि तडक भडक विना एजेण्डामा केन्द्रीत रही चुनावी प्रचार गरीरहेको शैलि देखेर केहि मतदाताहरुले स्वत स्फुर्त रुपमा सघाएको प्रदेश सभा २ ख का उम्मेदवार डाक्टर विनोद कर्णले बताए । उनले नेपालगन्जको विकासका लागी आफुहरु नेतृत्व लिन सक्षम भएको र त्यसमा मतदाताहरुको साथ आवश्यकरहेको कुरालाई बुझाउदै हिडेको बताए ।

अन्य क्षेत्रका उम्मेदवारले पनि आफ्नो क्षेत्र केन्द्रीत विकासका योजनालाई प्राथमिकतामा राखेर मतदाता समक्ष प्रतिवद्धता जनाइरहेको बताएका छन । पार्टिको संगठन विस्तार गर्न नपाउदै चुनावी अभियानमा होमिन परेपनि मतदाताहरुले देखाएको सदभावलाई विवेकशिल साझाले उच्च मुल्यांकन गरेको पार्टिका जिल्ला सम्योजक शर्मा बताउछन ।

वर्षौ देखि राजनिति गररिहेका दलहरुले जनताहरुको मत लिने र भविश्यमा उनिहरुलाई नै धोका दिने प्रवृतीलाई मतदाताले बुझिसकेको बताउदै सम्योजक शर्माले अब आफुहरुलार्य नै मतदाताको समर्थन हुने दावी गरे । खजुरा र कोहलपुरमा पनि बुधबार विवेकशिलका उम्मेदवार मतदाताको घरदैलोमा पुगेका छन ।