प्रधानमन्त्री देउवा बाढी-पहिरो प्रभावित क्षेत्रको निरिक्षणमा

राहतको थप प्याकेज घोषणा

काठमाडौं,साउन,३०-

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी–पहिरो प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्न लाग्नु भएको छ ।अविरल वर्षापछिको बाढी–पहिरो र डुबानले देशभर ठूलोसंख्यामा धनजनको क्षति गरेपछि प्रधानमन्त्री देउवा आज बिहानै प्रभावित क्षेत्रको निरिक्षण–भ्रमणमा जान लाग्नु भएको हो ।

प्रधानमन्त्रीको भ्रणमपछि थप राहतको प्याकेज घोषणा हुने सरकारका प्रवक्ता सुचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले उद्धार, पुनःस्थापना तथा खाद्यान्नलगायत राहत वितरणका लागि आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका सबै हेलिकप्टर भाडामा लिएर परिचालन गरिदैछ ।

यसअघि हिजोको मन्त्रिपरिषद बैठकले बाढी-पहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई २-२ लाख राहत दिने घोषणा गरिसकेको छ । साथै बैठकले घाइतेलाई तत्काल निःशुल्क उपचार गर्ने र राजधानीलगायत नजिकका सशरबाट खाद्यान्न किनेर वितरण गर्न सम्बन्धित प्रमसख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

बाढीको वितण्डाः मृत्यु हुनेको संख्या ७० पुग्यो
शुक्रबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण कम्तिमा ७० जनाको मृत्यु भएको छ ।बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् ।

गृह मन्त्रालयका अनुसार ३४ हजार घर डुवानमा परेको र करिब ४ सय घर क्षतिग्रस्त भएका छन् । मन्त्रालयका अनुसार बाढी र पहिरोमा सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु तथा रौतहटमा ७ जनाको मृत्यु भएको छ ।

यस्तै झापामा ४, मोरङमा ५, सर्लाहीमा ३, महोत्तरीमा १, धनुषामा १, सिन्धुलीमा ४, बारामा ३ र चितवनमा २ जनाको मृत्यु भएको छ ।नेपालवाणीबाट