नयाँ बर्षमा सागर आलेले जापानको फुकुओकामा धमका मच्चाउने

जापान,मंसिर,२०-
नेपाल आईडलको प्रतिस्पर्धाबाट अत्यन्तै कम समयमा विश्वभरी छरिएर रहेका नेपालीहरुको मन जित्न सफल भएर ख्याती कमाएका लोकप्रिय गायक सागर आले मगर जापानको फुकुओकामा डिसेम्बर ३१ तारिकमा आउने भएका छन् ।

सागर आले

यस बर्षको नयाँ बर्षमा हुन गैईरहेको लाईभ कर्न्सट (live concert ) मा नेपाल आदिबासी जनजाती महासंघ क्युसु जापानले सागर आले सहित अन्य चर्चित कलाकार लाई फुकुओका ल्याउने भएको हो ।

फुकुओकामा नेपालीहरुको चाप बड्दै जादा कार्यक्रम पनि ब्यापक रुपमा बढिरहेको छ । हरेक महिनै पिच्छे कार्यक्रम हुने ठाउँ फुकुओकामा यो नयाँ बर्षमा भने सागर आलेको लाईभ कर्न्सट (live concert ) बाहेक अरु कुनै पनि कार्यक्रम नहुने भएको हो ।

सोही कार्यक्रम भब्यताका साथ सफल पार्न क्युसु क्षेत्रभरी रहनुभएका सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुलाई नेपाल आदिबासी जनजाती महासंघ क्युसुका अध्यक्ष बिष्णु तामाङले हार्दिक नीमन्त्रना गर्नुभएको छ।

सागर अाले

आगामी नयाँ वर्षमा हुने कार्यक्रम फुकुओकाको हाकातामा हुनेछ । कार्यक्रमको तयारी बृहत रुपमा भैईरहेको संघका सचिब मिलन मगरले जानकारी दिनुभयो ।

खासगरी नेपाल आईडलको प्रतिस्पर्धापछि लोकप्रियता चुलिएका सागर आलेको देशभित्र र देशबाहिर समेत चर्को माग बढेकोले अहिले उनको ब्यस्तता ह्वात्तै बढेको छ । जापानको कार्यक्रम सकेलगत्तै सागर नयाँवर्ष कार्यक्रमका लागि अष्ट्रेलिया जाने भएका छन् ।

(सागर आलेको पल्ला घरकि कान्छी नानी बोलको भिडीयो पनी हेर्नुहोस् )