आर्थिक अवस्था कमजोर भएको सेवाग्राहीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने

सिर्जना बर्देवा/
ओखलढुंगा,मंसिर,२०-
खोटाङ सेवा समाज कतारले जिल्लाका लागि हस्तान्तरण गरेको एम्बुलेन्स ६ महिनापछि सञ्चालनमा आएको छ । समाजले गत जेठको पहिलो साता खोटाङ एकता सेवा समाज दिक्तेलको मातहतमा सञ्चालन हुने गरी हस्तान्तरण गरेको एम्बुलेन्स मंगलवारदेखी सञ्चालनमा आएको हो ।

खोटाङ सेवा समाज कतारले करीव साढे १२ लाखको लागतमा खरीद गरी गत जेठ १० गते दिक्तेलमा हस्तान्तरण गरेको एम्बुलेन्स पहिलोपटक बिरामी लिएर काठमाण्डौं पुगेको छ ।

कतारमा रहेका आम खोटाङे तथा गैर खोटाङेको सहयोगमा प्राप्त भएको एम्बुलेन्सले काठमाण्डौ, तराई, भोजपुर र जिल्लाका विभिन्न स्थानमा सेवा प्रदान गर्ने सञ्चालक समिती संयोजक उद्धब आचार्यले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले तोकेको भाडादरमा एम्बुलेन्स जिल्लावासीले उपभोग गर्न पाउनेछन् । आर्थिक अवस्था कमजोर भएको सेवाग्राहीलाई निशुल्क सेवा दिईने बताईएको छ ।