JRF मा मेम्बर बनी पैसा पठाउदा पहिलो, दोस्रो र प्रत्येक चौंथो पटक सर्विस चार्ज फ्रि

टोकियो,जापान,मंसिर,२२- जापान रेमिट फाईनान्स (JRF) को पहिलो पटक मेम्बर बन्दा लगातार पहिलो,दोस्रो र प्रत्येक चौंथो पटक नेपाल पैसा पठाउदा सर्विस चार्ज निःशुल्क पाउन सक्नु हुनेछ।

उक्त सेवा सुविधा लीन सेवाग्राहीले केहि प्रकृया भने पुरा गर्नु पर्नेछ।त्यो प्रकृया एकदमै सजिलो रहेको छ।जापान रेमिटको पहिलो मेम्बर बने पश्चात सेवाग्राहीले पैसा पठाउदा तिन वटा कुराको अनिवार्य ध्यान दिनु पर्नेछ।

ध्यान दिनु पर्ने ३ कुरा !!

१. जापान रेमिट फाईनान्सको सुरुमा मेम्बर बने पछि पहिलो पटक नेपाल पैसा पठाउदा सर्विस चार्ज त फ्रि हुन्छ नै,तर कुरा आयो लगातार दोस्रो पटक पनि पैसा पठाउदा सर्विस चार्ज कसरी प्राप्त गर्ने भन्ने सम्बन्धमा सेवाग्राहीले के कुरामा ध्यान दिन जरुरी छ भने मेम्बर बने पछि पहिलो पटक पैसा पठाउदा म्यानुअल अर्थात जापान रेमिट फाईनान्सको कालो कार्ड मार्फत पैसा पठाउनु होला।

२. दोस्रो पटक पैसा पठाउदा भने आफ्नो मोबाईलमा JRF WALLET नामको App डाउनलोड गरेर मोबाईल एप मार्फत पैसा पठाउनु भयो भने दोस्रो पटक पनि सर्विस चार्ज निःशुल्क हुनेछ।यस्तै प्रत्येक चौथो पटक सर्विस चार्ज फ्रि हुने तरीका भनेको चाहि यदि तपाईले सुरु देखी नै जेआरएफको कालो कार्ड बाट मात्र पैसा पठाई गरहनु भएको छ भने स्वचालित (Automatic) सिस्टम बाटै सर्विस चार्ज फ्रि गरिदिन्छ।

३. यदि पहिलो पटक जेआरएफ कालो कार्ड प्रयोग गर्नु भयो र दोस्रो पटक बाट मोबाईल एप मार्फत पैसा पठाई रहनु भएको छ,भने मोबाईल एप बाट पठाएको पहिलो लाई छोडेर लगातार तेस्रो पटक सम्म पठाउनु भयो र चोथौं पटक पठाउदा चाहि कि त कालो कार्ड प्रयोग गर्नुहोला।अझ त्यो भन्दा राम्रो जापान रेमिट फाईनान्सको कार्यालयका कर्मचारी लाई सिधैं फोन गरेर अर्थात फेसबुक र भाईवरमा म्यासेज गरेर पनि सोधपुछ गर्नु भयो भने चौंथो पटकको सर्विस चार्जको बारेमा सहजै जानकारी प्राप्त गर्न सक्नु हुनेछ।

यस जापान रेमिट फाईनान्स (JRF ) द्धारा जापान लगायत विश्वका विभिन्न मुलुकमा पैसा पठाउन सकिन्छ।जापानको टोकियोमा सन् २०११ सेप्टेम्बर २६ बाट सञ्चालमा आएको यस रेमिट्यान्सले विश्वका १६४ मुलुकमा पैसा पठाउने गर्दछ। 

विगत १२ वर्ष देखी विभिन्न मुलुकका सेवाग्राहीलाई जापान देखी उच्च विनिमय रेटमा सेवा दिदै आईरहेको छ।साथै जापान रेमिट फाईनान्सको सेवा सुविधा र सदस्य बन्नका लागी के के गर्नु पर्छ विस्तृत रुपमा अझै बुझ्न चाहानु हुन्छ,भने हाम्रो फोन नम्बर ०८०-४७२९-४५८६ मा सिधैं फोन गर्न पनि सक्नुहुनेछ।

यो पनि हेर्नुहोस् ॥

जापान रेमिट फाईनान्स (JRF) बाट पैसा पठाउदा फाईदै फाईदा