सुन र चाँदीको भाउमा उल्लेख्य वृद्धि

काठमाडौं,फागुन,१६-नेपाली बजारमा सोमबार सुनको भाउमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आइतबारको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि ९७ हजार ७ सय रुपैयाँ पुगेको छ। 

चाँदीको भाउ पनि आइतबारको तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेको छ।चाँदी प्रतितोला १३४० रुपैयाँमा कारोबार भइरहेको छ।