यू-१९ एसिया कप : नेपालले पहिले पाकिस्तान विरुद्ध ब्याटिङ गर्ने

unn.prixa.netकाठमाडौं,मंसिर,२२-आज बाट सुरु भएको एसिसी यू-१९ एसिया कपमा नेपालले टस हारेर पाकिस्तानविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको छ।दुबईमा रहेको आइसिसी एकेडेमी ओभल-२ मा भएको टसमा पाकिस्तानका कप्तान साद बेगले जितेर पहिला बलिङ गर्ने निर्णय दिँदै नेपाललाई ब्याटिङको निम्तो दिएका छन्।

नेपालको टोलीमा सिनियर टोलीका प्रमुख अलराउन्डर गुलशन झा छन्।देवले पनि नेपालबाट १० ओडिआई खेल खेलेका छन्।देव र गुलशनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ।गुलशन पछिल्लो एक वर्षदेखी टोलीमा निरन्तर छन्।एसिया कपमा भारत, पाकिस्तान साथै विश्वकप छनोटमा जिम्बावे, वेस्टइन्डिज र आयरल्यान्ड जस्ता देशविरुद्ध खेली सकेका छन्।

उता पाकिस्तानका अरफत मिन्हासले तीन टि २० आई खेल खेलेका छन्।उनी तल्लोक्रममा राम्रो ब्याटिङको साथै स्पिन बलिङ गर्ने गर्दछन्।बायाँ हाते खेलाडी उनले ठूला सर्टको क्षमता राख्छन्।त्यस्तै तीव्र गतिका बलर मोहम्मद जिशान र अरफत पाकिस्तानको टेस्ट टोलीमा परि सकेका छन् ।