राष्ट्रिय पाककला प्रतियोगितामा बर्दियाका ओम प्रसाद ढकाल तेस्रो हुन सफल

नेपालगन्ज, असार,०७-


राष्ट्रिय पाककला प्रतियोगितामा बर्दियाका ओम प्रसाद ढकाल सेकेण्ड रनर अप हुन सफल भएका छन।

उनी उक्त प्रतियोगिताको लागि प्रदेश पाँचबाट छनोट भएका थिए। पोखरामा सम्पन्न पाककला सम्बन्धि प्रतियोगितामा ढकालले सेकेन्ड रनरअपको विधा चुमेका हुन् ।

बाँके जिल्लाको नेपालगन्जमा रेष्टुरेन्ट सन्चालन गर्दै आएका ढकालले २ सय २३ अंक प्राप्त गर्दै सेकेण्ड रनरअप हुन सफल भएका हुन।सेकेन्ड रनरअप उपाधी प्राप्त गरेका ढकालले ५० हजार नगद रुपैयाँ समेत प्राप्त गरेका छन। उनी सातओटा प्रदेशबाट सहभागि १४ प्रतिस्प्रधि मध्येबाट सेकेन्ड रनरअप हुन सफल भएका हुन।

प्रतियोगितामा ७ प्रदेशका १ सय ६३ जना प्रतियोगिहरुबाट विभिन्न चरणमा छनोट गरि १४ जना प्रतिस्प्रधीहरुलाई उक्त प्रतियोगितामा सहभागितामा सहभागी गराइएको थियो। यो प्रतियोगिता नेपालमै पहिको पटक भएको हो।जसको उपाधी प्रदेश नम्बर ३ की सुनसरी नेपालीले जित्न सफल भएकी छिन।

नेपालीले २ सय ४१.५ अंक ल्याउंदै उक्त उपाधी जितेकी हुन। उनले १ लाख नगद रुपैयाँ पनि प्राप्त गरेकी छिन।
त्यस्तै उक्त प्रतियोगितामा प्रदेश नम्बर ३ कै रमेश थापाले दोश्रो स्थान हाँसिल गरेका छन । उनले २ सय २७.५ अंक प्राप्त गरी दोश्रो स्थान हाँसिल गरी नगद ७५ हजार रुपैया पनि प्राप्त गरेका छन ।
प्रतियोगिता सिटिइभिटि र राष्ट्रिय सीप परीक्षण विभागको आयोजनामा नेपालमै पहिलो पटक सम्पन्न भएको हो।