गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई २ करोड २५ लाख बिनियोजन

काठमाण्डौं,जेठ,२५-सरकारलको चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट मैदानका लागि बजेट छुट्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बजेट अनुसार युवा तथा खेलकुदमन्त्रालयले २ करोड २५ लाख रुपैयाँ गौतमबुद्ध क्रिकेट रंगशालाका लागि छुट्याएको हो।

खेलकुद मन्त्रालयको बजेट पुस्तिका अनुसार ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भरतपुर १५ शान्ति चोक रामपुर चितवनका लागि २ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण थालेको उक्त रंगशालाबीचमै आर्थिक अभाव भएपछि अलपत्र बनेको थियो ।

राष्ट्रिय गौरबको आयोजनाका रुपमा सरकारले यसलाई निर्माण गर्ने भन्दै राजनीतिक दलहरुबाट प्रतिवद्धता आए पनि प्रतिवद्धता अनुसारको काम नभएपछि धुर्मुस सुन्तली फाउण्डेशनले बिचमै छाडेर हिडेका थिए ।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको उक्त रंगशाला आर्थिक अभावमा अलपत्र परेको थियो।यस्तै सरकारले धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान पनि निर्माण सुरु गर्ने भएको छ।