उडान नेपालले दियो ४९ जनालाई चित्रकला अभ्यास तालिम

नेपालगन्ज,चैत्र,२३-
उडान नेपालले शुक्रबार ४९ जनालाई चित्रकला अभ्यास तालिम दिएको छ।

युवाहरुको नेतृत्व तथा व्यक्तितब बिकास,हाम्रो उद्देश्य’ भन्ने मुख्य नाराका साथ सामाजिक कार्यका लागि स्थापित संस्था उडान नेपालको आयोजनमा शुक्रबार चित्रकला अभ्यास तालिम भएको हो।

 

नेपालगन्ज स्थित स्वस्तिक कटेजमा १२ बजे देखि २ बजे सम्म सन्चालित उक्त चित्रकला अभ्यास तालिम चित्रकार सागर क्षेत्रीद्वारा दिइएको उडान नेपालका अध्यक्ष जनक थापाले जानकारी दिए।

उडान नेपालले स्थापन भएको एक महिना नहुँदै यस भन्दा अगाडि निशुल्क प्याड बनाउने तालिम र प्रतिभा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको र आगामी दिनहरुमा अझै फरक खालका कार्यक्रमहरु सन्चालन गर्ने अध्यक्ष थापाले बताए।

बिशेष गरि चित्रकलामा रुचि भएकाहरुको लागि लक्षित गरेर यो तालिमको आयोजना गर्न गरिएको र तालिमबाट प्रत्यक्ष रुपमा सहभागीहरुले लाभ लिएको पनि अध्यक्ष थापाले जानकारी दिए।