२२ वर्षीय नातिको बन्चरो प्रहारबाट वृद्ध हजुरआमाको मृत्यु

फाईल तस्विर : सामाजीक संजालबाट साभार !!

मकवानपुर,बैशाख,२४-हेटौंडा उपमहानगरभित्र आफ्नै नातिले प्रहार गरेको बन्चरोले लागेर हजुरआमाको ज्यान गएको छ। २२ वर्षका आकाश गुरुङले ९० वर्षीया हजुरआमा कान्छीमायालाई आज दिउँसो ४ बजेतिर बन्चरो प्रहार गरी हत्या गरेका हुन्।

घरको आँगनमा बसिरहेको बेला नातिले प्रहार गरेको बन्चरोले टाउकोमा लागेर कान्छीमाया गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिए पनि उनको साँझ ६ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटना के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। नातिलाई मकवानपुर प्रहरीको नियन्त्रणमा लिएको छ।