एनएमसिका स.क्याम्पस प्रमुख तथा युवा समाजसेवी केसीद्वारा आर्थिक सहयोग

नेपालगन्ज ,चैत्र,२३-
युवा समाजसेवी तथा नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)का सहायक क्याम्पस प्रमुख थमनकेसीले बुद्धिमान कुँवरको छोराको शैक्षिक बिकासको लागि भन्दै आर्थिक सहयोग गरेका छन।

नेपालगन्ज वडा नम्बर ४ निवासी केसीले शुक्रबार आफ्ना पिता इन्द्रबहादुर केसीको २० औँ स्मृति दिवस तथा छोरी इभा केसीको ५ औँ र भान्जि प्रशंसा डाँगीको १८ औं जन्म उत्सव पारेर बाँके बैजानाथ ८ निवासी बुद्धिमान कुँवरका छोराको पढाई खर्चका लागि कुँवरकै घरमा गई कुवरको छोरालाई व्यक्तिगत नगद रु. १० हजार सहयोग गरेका हुन।

         

बुद्धिमान यति बेला उपचारको क्रममा काठमाडौंमा रहेका छन। उनले कामको सिलसिलामा भारतको सिम्ला गएको बेला करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाउनु परेको थियो।

उनको आर्थिक अवस्था निकै नाजुक रहेको छ।यति बेला उनलाई विभिन्न ठाउँबाट सहयोग आइरहेको छ। उनको एउटा सानो ५ वर्षका छोरा रहेका छन।

कुँवरको उपचारको लागि सहयोग रकम आइरहेको बेला उनको छोराको पढाई खर्चमा सहयोग पुगोस भन्ने मनसायले नगद सहयोग गरेको अध्यापक केसीले बताए।

केसी नेपालगन्जमा रहेको नेपालगन्ज मल्टिपल क्याम्पस(एनएमसी)का सहायक क्याम्पस प्रमुख,अन्य प्रख्यात क्याम्पसका अध्यापक तथा युवा समाजसेवी पनि हुन।

उनले जन्मदिनको अवसरमा फजुल खर्च गर्ने रकमलाई सामाजिक कार्यमा सदुपयोग गर्न सके समाजको बिकास हुन बेर नलाग्ने केसीले बताए। साथै एनएमसिको सम्पुर्ण टिमले बिद्यार्थीहरुलाई फजुल खर्च रोकि राम्रो कार्यमा लगाउन सधै उत्प्रेरित गरेको पनि बताए।

आगामी दिनहरुमा पनि आँफुले सक्ने सामाजिक सहयोग गर्न आफू र आँफुले अध्यापन गराउँदै आएको क्याम्पस एनएमसी सधै तत्पर रहेको उनले बताए।