महाकाली पुलमा सवारी आवागमनमा रोक

इन्द्र कार्की
महेन्द्रनगर,असार,२३
सुदूर पश्चिम तथा प्रदेश नं. ०७ का तराई लगायत पहाडी जिल्लाहरुमा विगत तीन दिन देखि भईरहेको वर्षाका कारण महाकाली नदिमा पानीको सतह वढे पछि महेन्द्रनगर र भारतीय शहर वनवसा जोडने महाकालीको शारदा पुल मा अत्याआवश्यक सवारी साधन वाहेकका सवारी साधनहरु आवागमनमा आज विहानै देखि भारतीय पक्षले रोक लगाएको छ । जसले गर्दा विहानै वाट नेपाल भारतको सिमा वजारमा आवतजावत गर्नेको संख्यामा उलेख्य मात्रामा कमि आएको छ भने सवारी साधनहरु पुल पारी र वारी नै रोकिएका छन्् । वनवसा वाट नेपाल भित्रिने सवारी साधनहरु नचल्दा यात्रुहरु हिडेर नै आउजाउ गर्न वाध्य भएका छन् । पहाडि भेगमा भईरहेको लगातारको वर्षाले गर्दा र्दाचुला र बैतडीको महाकाली सिमाका केहि भुभागमा पहिरो तथा जमिन कटान भईरहेको वताईएको छ । नदिमा पानीको सतह कम हुना साथ आवागमन सहज पारिने भारतिय पक्षले वताएको छ । वर्षातको समयमा महाकाली नदिमा पानीको सतह वढे संगै पुलमा आवागमनमा रोक लगाइने गरिएको छ । तीन दिन देखि भएको मौसम परिवर्तनमा अझै सम्म सुधारको लक्षण देखिएको छैन ।